कालिकोट । नेपाल खाद्य संस्थानले जिल्लाको शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । सोमबार यक कार्यक्रमका बिच खाद्य डिपो उद्घाटन गर्दै वडा अध्यक्ष मन बहादुर शाही(राजेश)ले नयाँ खाद्य डिपो स्थापना सँगै यहाँका स्थानीयले सहजरुपमा चामल पाउने सपना पुरा भएको बताएका छन् । वडा अध्यक्ष शाहीका अनुसार नागरीकले यस अघि यक बोरा चामल लिनको लागी सदरमुकाम मान्म जाँदा आँउदा १ हजार रुपैया गाडीभाडा तिर्नु पर्ने बाध्यता अन्त्ये हुने भएको छ । यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने आफ्नो चुनावी एजेण्डा समेत भएकाले सोही अनुरुप गाउँकार्यपालिकामा निर्णय समते गरेर त्यो आज पुरा भएको बताएको हो ।
निर्णयमा खाद्य डिपो राराकाटीया वा सुकाटीयामा स्थापना हुने छ तर त्यहाँ पनि यातायातको पहुच नभएका कारण भर्ता बासीलाई जान असहज भएकाले वडा कार्यालयको बिशेस पहलमा नैनेलडाँडामा पनि डिपो स्थापना गरीएको वडा अध्यक्ष शाहीले जानकारी दिनुभएको छ । जिल्लाकै रेट १ हजार ६ सय २५ मा आफ्नो घर दैलोमै चामल पाउने भएपछि स्थानीयले खुशी व्यक्त गर्दै वडा अध्यक्षलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।