कालिकोट । एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले शारदा नगरपालिका–१६, सल्यान घर भइ कालिकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा गएको कात्तिक २५ गते बोलेरो जिव दुर्घटनामा ज्यान गुमाएका धन बहादुर रावतको श्रीमतीलाई शाखा कार्यालयमै बोलाएर ८ लाख ६ हजार ५५ रुपैयाको चेक हस्तान्तरण गरेकोे हो । सोमबार यक कार्यक्रमका बिच शाखा प्रमुख जन्मदेब बराल, बरिष्ठ बिजनेस म्यानेजर मिम बहादुर कार्की, बिजनेस म्यानेजर ठम्म प्रसाद आचार्य मृतकका परिवार, अभिकर्ता र कम्पनीका पदाधिकारी लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । मृतक रावतले जम्मा ४ लाखको बिमा गरेका र विमा गरेको २६ दिन पछी उनको दुर्घटनामा मृत्यु भएको बताइएको छ । उनले यक किस्ताको हुन आउने २६ हजार १ सय ४० रुपैया मात्र बिमा कम्पनिलाई बुझाएका थिय । कार्यक्रमा बरिष्ठ बिजनेस म्यानेजर कार्कीले मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बीमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताएका थिय । चेक हस्तान्तरण गर्दै शाखा प्रमुख बरालले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको बताए । बीमाको महत्व बारे प्रष्ट पार्दै बरालले भने “हामी बीमिततको सुरक्षाप्रति सधै जिम्मेवार छौ, । हाल सम्म कालिकोट शाखाबाट ६९ जनालाई क्लेम हस्तान्तर समेत गरी सकेको पनि प्रमुख बरालले जानकारी दिएका छन् ।