कालिकोट । लमजुङ का किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन्।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यो वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार ४०० रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ ।त्यसैगरी, गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष उत्पादन घटेको हो ।त्यसैगरी, आर्थिक वर्ष २०७९र८० मा ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो। उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० सम्म बिक्री भएको थियो ।आव २०७८र७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ आम्दानी भएको थियो । आव २०७७र७८ मा तीन हजार ५०० क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो ।