कङ्गोमा दुई लाखभन्दा बढी मानिस भय विस्थापित

कालिकोट । पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् ।‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएको युनिसेफका प्रवक्ता युजिन ब्यूनले बताएका ५न्।यही जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस घर छोड्न बाध्य भएका छन्। जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।राष्ट्रपति फेलिक्स शिसेकेडीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकमा सेनाले कब्जा गरेको देशको पूर्वी भागमा धेरै रणनीतिक क्षेत्रहरू फिर्ता गरेको घोषणा गरेको छ।

error: Content is protected !!