मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

कालिकोट । मधेश प्रदेशमा आज सातौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रथम मधेश आन्दोलनको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउने गरेको छ।मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।२०६२र०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो। माघ २ गते शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।

 

error: Content is protected !!