आज देखि मौसममा सुधार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

कालिकोट । हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन थालेको छ । आज केही ठाउँमा आंशिक बदली रही देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी, मधेश, बाग्मती, कर्णाली र सुदूरपश्चिम भेगमा मौसम आंशिक बदली हुनेछ । तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु लागेको छ । आज देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।हिजो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा पानी परेको थियो ।

error: Content is protected !!