दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते

कालिकोट । काठमाडौंको मीनभवनमा दुई मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको र बानेश्वरतर्फ जाँदै गरेका दुई मोटरसाइकल बिहान पौने ६ बजे सिभिल अस्पतालनजिकै ठोक्किँदा दुईजना घाइते भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।घाइते दुवैजनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको वृत्तले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!