सांस्कृतिक संरक्षणमा बोटे समुदायलाई सहयोग गर्न प्रचण्डले गरे आह्वान

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको संरक्षण र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।चितवनको माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आएका प्रचण्डले बोटे समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै यसको संरक्षण र प्रगतिमा राज्यको जिम्मेवारीप्रति ध्यानाकर्षण गराए।समारोहमा सहभागी बोटे समुदायका अगुवाहरूले आफ्नो सांस्कृतिक पहिचानको संरक्षणका लागि सांस्कृतिक घर निर्माणको आवश्यकता औंल्याउँदै प्रचण्डलाई सहयोगका लागि अनुरोध गरे।अध्यक्ष दाहालले बोटे समुदायको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राज्यले यस्तो समुदायको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। प्रचण्डले बोटे समुदायको पहिचान, इतिहास, र जीवनशैलीको संरक्षणले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यसलाई राज्यले उपेक्षा गर्नु नहुने तर्क गरे।

error: Content is protected !!