एमालेसँग कुनै समस्या नरहेको कांग्रेसको निष्कर्ष

कालिकोट । सत्तारुढ नेपाली कांग्रेसले सत्तासाझेदार दल नेकपा एमालेसँग कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संघीय संसदीय दलको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।सत्ता गठबन्धन दलभित्र समस्या रहेको चर्चा चलिरहेका बेला कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।

error: Content is protected !!