कालिकोट । काठमाडौं महानगरपालिकाले आज देखि शिक्षकहरूका लागि तालिम सुरू गरेको छ। महानगरपालिकाले शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गरेको हो।उक्त तालिम आजदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। तालिमको लागि विषयगत रूपमा समय र स्थान तोकिएको छ। महानगरपालिकाका अनुसार विषयगत शिक्षकहरूको तालिम ९कक्षा(१०० का शिक्षकहरूको गणित, विज्ञान, सामाजिक, नेपाली र अंग्रेजी को भानु मावि रानीपोखरीमा आज र भोलि सञ्चालन हुनेछ।एकीकृत पाठ्यक्रम तथा निर्माणत्मक मूल्यांकनसम्बन्धी कक्षा९१–३० का शिक्षकहरूको लागि पद्मोदय मावि प्रदर्शनी मार्गमा आजदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ। प्रारम्भिक बालविकास शिक्षाका सहजकर्ताहरूको तालिम पद्मकन्या मावि डिल्लीबजारमा आजदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ।