कालिकोट । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आज काठमाण्डौं जिल्ला अदालत परिसरमै आक्रमणको प्रयास भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि आक्रमणको प्रयास भएको हो ।त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।