ईकोहिमाल नेपालद्धारा काभ्रेको मण्डनदेउपुरमा १ करोड १६ लाख रुपैयाको राहत वितरण ।

कालिकोट । ईकोहिमाल नेपालद्धारा काभ्रेको मण्डनदेउपुरका तिन वटा वडामा १ करोड १६ लाख रुपैयाको राहत वितरण गरीएको छ । गएको असोजमा भारी वर्षा संगै आएको भीषण बाढीबाट पिडित नागरीक र समुदायलाई लक्षीत गरी ईकोहिमालले राहत स्वरुप रु १ करोड १६ लाख वितरण गरेको हो । नगरपालिकाको सहकार्य इकोहिमाल नेपाल र किण्हरमिसन्स्रेक जर्मनीको आर्थिक सहयोग तथा रोटरी क्लव अफ काठमाण्डौं सर्कलको जिन्सी सहयोगमा पहिरोबाट प्रभावित परिवारहरुलाई रावत बितरण गरीएको इकोहिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउनु भएको छ ।

उहाँका अनुसार नगरपालिकाको वडा नम्बर १० मा ८ वटा खाने पानि आयोजनाको संरचना निमार्ण र मर्मत १६ घर परिवारलाई घरवास निर्माणको लागी जस्तापाता वितरण, ५७४ जना बालबालिकालाई न्यानो कपडा वितरण, २५ थान एक्वा वक्स र २ थान सामुदायिक फिल्टर वितरण वडा नम्बर ११ मा १४ वटा खाने पानि आयोजनाको संरचना निमार्ण र मर्मत १६ घर परिवारलाई घरवास निर्माणको लागी जस्तापाता वितरण, ५०५ जना बालबालिकालाई न्यानो कपडा वितरण, १५ थान एक्वा वक्स र २ थान सामुदायिक फिल्टर वितरण र वडा नम्बर १२ मा एउटा खाने पानि आयोजनाको संरचना निमार्ण १८ घर परिवारलाई घरवास निर्माणको लागी जस्तापाता वितरण, ५०८ जना बालबालिकालाई न्यानो कपडा वितरण, १० थान एक्वा वक्स र १ थान सामुदायिक फिल्टर वितरण गरीएको हो । तिन वटै वडामा रु ५३ लाखको जिन्सी सामान र रु ६३ लाख ४३ हजार ९ सय ४६ रुपैया नगद गरी कुल १ करोड १६ लाख ४३ हजार ९ सय ४६ रुपैया सहयोग गरीएको कार्यकारी निर्देशक ढकालले जानकारी दिनु भएको छ ।

उक्त राहत बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख टोप बहादुर वाइबाले आफ्नो नगरपालिकामा आइपर्ने हरेका विपदमा इकोहिमाल नेपालले सारथीको भुमिका निर्बाह गरेकोमा खुसी ब्यक्त गर्नु भएको थियो भने बाढी पिडीतहरु पनि राहत पाय पछि अत्यन्तै खुसी भएका थिय ।

error: Content is protected !!