कालिकोट । देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना छ। केही क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो।यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।