प्रथम ताडि माघे संक्रान्ति मेला समापन ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडिमा जनचेतना मुलक साँस्कृतिक कार्यक्रम तथा माघे संक्रान्ति मेला सम्पन्न भएको छ । वडा कार्यलय द्धारा आयोजित साँस्कृतिक मेला कार्यक्रममा वडा अध्यक्ष दधिराम पाण्डेको सभाअध्यक्षता,कालिकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिमल गुरुङ्गको प्रमुख आतिथ्यता उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीको बिशेस आतिथ्यता र जिल्ला स्थित क्रियासिल राजनितिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, पत्रकार, देउडा पारखी तथा स्थानियहरुको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा खाँडाचक्र नगरपालिका, खानेपानि सिंचाइ तथा उर्जा बिकास कार्यालय, कृषि बिकास कार्यालय, पशुसेवा कार्यालय लगाएतका अन्य सरकारी कार्यालयको आर्थिक सहयोग रहेकोे थियो भने इकोहिमाल नेपाल र नेपाल बिद्युत प्राधिकरण केन्द्रिय कार्यालयले समन्वय गरेको थियो । उक्त कार्यक्रममा स्थानिय पञ्चेवाजा सहितको ¥याली निकालिनु साथै चर्चित देउडा पारखीहरु सहितको उपस्थितिमा देउदा खेल समेत पस््रतुत गरीएको थियो ।

error: Content is protected !!