कर्णालीमा साइबर अपराधका घटना बढ्न थाले

कालिकोट । सूचना प्रविधिको विकास भएसँगै कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्न थालेका छन् छन् । पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशमा छ सय १० वटा साइबर अपराधका घटनाहरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।साइबर अपराधका घटनासँग सम्बन्धित प्राप्त निवेदनहरुलाई चार भागमा वर्गिकरण गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नारायण डाँगीले बताउनुभयो । डाँगीकाअनुसार अश्लिल शब्द पोष्ट गरी चरित्र हत्या गर्ने, फेसबुक आइडी ह्याक गरेको, अनलाइन बैकिङ्ग ठगी र फेक आइडीको प्रयोग जस्ता क्षेत्रमा निवेदन परेका छन् ।

error: Content is protected !!