कालिकोट – कालिकोट जिल्लाको महावै गाउँपालिकामा सुत्केरी हुन नसकेकी एक जना महिलालाई महावै आधारभुत अस्पतालबाट हेलिकप्टरमार्फत उद्वार गरिएको छ । सोही गाउँपालिका वडा नं ४ निवासी २३ वर्षीय लालशोभा सिंह थापाको हेलिकप्टरमार्फत उद्धार गरीएको हो । राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको पहलमा उनलाई उद्धार गरिएको बताईएको छ।गाउँपालिकाको आधारभूत अस्पतालमा सुत्केरी हुन नसकेपछि उनको अवस्था जटिल बन्दै गएको थियो। सुत्केरी वेथाले च्याप्पीएकी लालशोभा लाई सुर्खेत प्रादेशीक अस्पतालमा पुर्याइ अहिले उपचार भइरहेको छ।