विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति

कालिकोट । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ।समितिको आजको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा उक्त विषयमा सहमति भएको हो।कानुन शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयको अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम निर्माणमा विश्वविद्यालयले प्रयोग गर्ने प्राज्ञिक दृष्टिकोण हनन् गर्न नहुने विषयमा विस्तृत छलफलपश्चात् उक्त सहमति भएको हो।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन शिक्षाको मापदण्डका विषयमा मन्त्रालयमा थप छलफल गरी अर्को बैठकमा धारणा प्रस्तुत गरिने बताए।

error: Content is protected !!