कालिकोट । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार हिजो बिहान भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको एक होटलमा हिउँमा चिप्लिएर कार दुर्घटना हुँदा ५५ वर्षीय कर्ण खड्का र २० वर्षका निश्चल भट्टको ज्यान गएको हो ।एनबीसी वाशिङ्गटन डटकमका अनुसार खड्काले त्यही होटलमा काम गर्ने र भट्टलाई होटलमा काम लगाइदिने भनेर बोलाउनुभएको थियो ।