कालिकोट! जिल्लाको शुभकालिका गाउँपालिका–४ मा रहेको सगरमाथा कृषि तथा पशुपंन्छी सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । बिहिवार सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र घर्तीको सभाध्यक्षता नेकपा (माओबादी केन्द्र) का बैकल्पीक कर्णाली प्रदेश समिति सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष मन बहादुर शाही( राजेश)को प्रमुख आतिथ्यता, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख शिक्षक, सहकारी संस्था कार्य समितिका पदाधिकारी तथा सम्पूर्ण शेयर सदस्यहरुको उपस्थितिमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभा कार्यक्रममा संस्थाका सचिव डम्मर शाहीले बार्षिक प्रतिबेदन पेश गरेका थिय भने संस्थाका सदस्य शिबराज शाहीले अथितिहरुलाई शब्दद्वारा स्वागत गरेका थिय । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन बहादुर शाही( राजेश) ले सहकारी ऋण लिने संस्था मात्रै नभई किसान तथा पशुपालकलाई आधुनिक प्रविधि, गुणस्तरीय बीउ, मल, औजार तथा अन्य आवश्यक स्रोत र साधनको व्यवस्थापन गरेर उत्पादन वृद्धि गर्ने, सामूहिक लगानी र सहकार्यबाट किसानको आर्थिक स्थिति सुधार गर्न सहयोग गर्ने, समुदायमा एकताको भावना विकास गर्दै ग्रामीण क्षेत्रको समग्र सामाजिक र आर्थिक विकासमा योगदान दिनुका साथै संस्थाले पर्यावरण संरक्षण र दिगो कृषि अभ्यासमा पनि जोड दिने धारण राख्नु भयो । साथै उहाँले आगामी दिन सहकारीको दिगो विकासका लागि आफु जुन सुकै बेला सहयोग गर्न तयार रहेको समेत बताउनु भयको छ ।