कालिकोट । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएको थियो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो ।