कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा हुनुभएको छ ।अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त हुनुभएको हो । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजो बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिनुभएको थियो । रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिनुभएको छ ।गएराति फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उहाँले न्यायालयप्रति सम्मान गर्ने बताउनुभएको हो ।रास्वपाका नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उहाँले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिनुभयो ।