कालिकोट । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले गएको सोमवार पक्राउ पुर्जी जारी गरेको थियो ।पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै झन्डै ३० लाख ८० हजार रुपैयाँ असूल गरेको आरोप छ ।