एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाई

कालिकोट । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार रहेको बताएका छन्।बिहीवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए। उनले आफू इमान्दारी साथ काम गर्ने व्यक्ति भएको दावी गरे। झिँगाले सरापेर डिँगा नमर्ने भन्दै अरूले सरापेर एमाले नसकिने टिप्पणी गरे।प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ कि छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए।

error: Content is protected !!