प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक

कालिकोट । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी नौ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ ।त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली सहभागी गराउँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

error: Content is protected !!