माओवादी केन्द्रीय समितिको बैठकमा दुई धार

कालिकोट । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा नियमित वा विशेष महाधिवेशन भन्नेमा दुई धार देखिएको छ।उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनसहितका नेताहरूले विशेष महाधिवेशन माग गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका नेताहरूले नियमित अधिवेशनको पक्षमा धारणा राखेका छन्।एक नेताका अनुसार उपमहासचिव जनार्दन शर्मा र उनीनिकट नेताहरूले विशेष महाधिवेशनको माग जोडसँग उठाएका छन्। उनीहरूले यही बैठकले विशेष महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।अर्का उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनमै जानुपर्ने बताएका छन्।

error: Content is protected !!