चीनको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि ठूलो धक्का महसुस ।

कालिकोट । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका धेरै जसो ठाउँमा धक्का दिएको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । अहिले स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा बुझ्ने काम भइरहेको बताएका छन् ।

error: Content is protected !!