चालु आर्थिक वर्षमा लमजुङमा ४०० मेट्रिक टन सुन्तला उत्पादन

कालिकोट । चालु आर्थिक वर्षमा जिल्लामा ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। १३० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४०० मेट्रिक टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ।विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए। केही वर्षदेखि बर्सेनी सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यो वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले बताएगाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिए। कार्यालयका अनुसार गत आवमा पनि १३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट ४०० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७९र८० मा १२५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ५२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

 

error: Content is protected !!