कालिकोट । मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ । सीके राउत नेतृत्वको जनमतको केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा। शरतसिंह यादव रहेको समिति गठन गरिएको जनमतको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिनुभयो । मधेश केन्द्रित दलहरूसँग संवाद र सहकार्य गरिने जनमतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा ९एमाले० ले संविधान संशोधनको विषय उठाएपछि मधेश केन्द्रित दल पनि एकजुट हुन लागेका हुन् ।