मुगुको खत्याडमा ४ सय ९० स्थानीय रैथाने बीउको प्रदर्शन

कालिकोट । मुगुको खत्याडमा ४ सय ९० स्थानीय रैथाने बीउको प्रदर्शन भएको छ । खत्याड गाउँपालिकामा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो आयोजना भएको हो ।स्थानीय कृषकले स्थानीय रैथाने कृषि बीउविजन प्रदर्शनी गरेका हुन् । स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचोले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको बताइएको छ । स्थानीय समुदायमा एक सयदेखि ४९० पाइने रैथाने बीउ जातका प्रदर्शन गरिएको हो । मेलामा ९ वटा रैथाने बीउको स्टलमार्फत राखिएको थियो ।पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्त्व बुझाउन मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । स्थानीय कृषि बीउ मेलाले स्थानीय बीउ र स्थानीय बाली संरक्षणमा ठुलो टेवा पुग्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।

 

error: Content is protected !!