कालिकोट । आगामी फेब्रुअरी १७ देखि चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज प्रतियोगिताबारे जानकारी गराएको हो । नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोली सहभागी हुने छन् । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।