म्याग्दीमा धान र कोदो उत्पादनमा वृद्धि

कालिकोट । गत वर्षको तुलनामा यो वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादन दुई प्रतिशतले वृद्धि भएको छ ।साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए।एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो।चालु आर्थिक वर्षमा तीन हजार ८०६ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार ६६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष सोही क्षेत्रफलमा १२ हजार ९७९ मेट्रिक टन उत्पादन भएको थियो।

 

error: Content is protected !!