माओवादी पहिलो पार्टी भए मात्र देशमा सुशासनको नयाँ युग सुरु हुन्छ, अध्यक्ष दाहाल ।

कालिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो भएमात्र देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । आज कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई निआलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । उनले भ्रष्टाचारीलाई यसै नछोडिने पनि बताएका छन् । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ अध्यक्ष प्रचण्डले भने । आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि आफ्नो उक्त सरकारको भयभीत भए आतङ्कित भएको उल्लेख गरे । ‘अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन’ अध्यक्ष प्रचण्डले भने । उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए । पुनर्वासमा एमाले, कांग्रेस लगायतका सयौं  क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै प्रचण्डले भने– ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । उनले सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्य पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर्देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाइएको, सुदूरपश्चिमका युवाहरूमा क्रिकेटको राम्रो क्रेज भएकोले रङ्गशाला निर्माणमा पहल गरेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले पञ्चेश्वर परियोजना टुङ्गोमा पु¥याउने कोसिस गर्दै गर्दा सरकार ढलाइएको समेत बताएका छन् ।

error: Content is protected !!