कालिकोट । पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ । चाइल्डसेफनेटले हिजो सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका तथा युवा बेखबर रहेका छन् ।बालबालिका लागि सुरक्षित इन्टरनेटबारे काम गर्दै आएको संस्था चाइल्डसेफनेटले १६ वर्षदेखि २४ वर्षसम्मका ४ हजार ५ सय १ जनामा गरेको सर्वेक्षणमा अनलाइनमार्फत अन्तरङ्ग साथीबाट सबैभन्दा धेरै हिंसामा परेको देखाएको हो ।तथ्याङ्कमा सबैभन्दा धेरै सुनसरीमा भएको अनुसन्धानमा सहभागीमध्ये ३८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट हिंसा भोगेका उल्लेख छ । सातै प्रदेशअन्तर्गत सुनसरी, पर्सा, काठमाण्डौ, चितवन, दाङ, झापा, लमजुङ, कास्की, डोटी र सुर्खेत १० जिल्लाका १३ पालिका छनोट गरेर हिंसाबारे अनुसन्धान गरिएको थियो ।प्रतिवेदनअनुसार ४० दशमलव ५ प्रतिशत सहभागीहरूले अहिले वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्गसम्बन्ध भएको बताएका थिए । अन्तरङ्गसम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन हिंसा भएको बताएका थिए ।यस्तै ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको बताएका छन्