कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–८ मा रहेको लिंगाशैनी माद्यामिक विद्यालयमा किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अन्तर विद्यालय भेला सम्पन्न भएको छ । शनिबार इकोहिमाल नेपालको आयोजना, प्रधानाध्यापक देबकला आचार्यको सभाअध्यक्षता, विद्यालय ब्यवस्थापन समिति सदस्य राजपुरा चौलागाईको प्रमुख आतिथ्यता, जनज्योती मा.वि. पाँखा, लिंगाशैनी मा.वि.दशाला, जनप्रभात मा.वि. सेरावाडा, कालिका मा.वि. पिली सहित बिजोशी मा.वि.चौकीका शिक्षक, विद्यार्थी, संस्थाका अन्य कर्मचारी पत्रकार, अविभावक, लगाएतको उपस्थितिमा अन्तर विद्यालय भेला सम्पन्न कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो । किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सही जानकारी प्रदान गरी सचेत बनाउनुका साथै जागरूकता वृद्धिगर्ने, किशोरीहरूले सामना गर्न सक्ने प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरूका समाधानका उपायहरूको जानकारी दिने, किशोरीहरूलाई यौन हिंसा, भेदभाव, तथा असमानताका विषयमा सचेत गराउने, किशोरीहरूलाई स्वास्थ्य सम्बन्धी निर्णयमा सशक्त र आत्मविश्वासी बनाउने, विद्यालय र समुदायमा यौन तथा प्रजनन स्वास्थ्यबारे खुला र सकारात्मक सोचको विकास गराउने , किशोरीहरूलाई सुरक्षित यौन अभ्यासहरू र स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको इकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाहीले बताएका छन् । कार्यक्रम अधिकृत शाहीका अनुसार अन्तर विद्यालय भेला कार्यक्रम हुदै अन्तर पालिका र अन्तर जिल्ला स्तिरीय कार्यक्रम संस्थाले आयोजना गर्ने बताइएको छ । उक्त अन्तर विद्यालय भेला कार्यक्रममा पाँच वटै विद्यालयका किशोरी समुहहरुले संस्थाले गरेका कामहरु झल्किने बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुव गरेका थिए ।