आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिचको खेल हुदै

कालिकोट । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। ​खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुनेछ।उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो।सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिवार आमनेसामने हुँदै छन्।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे।

error: Content is protected !!