१९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

कालिकोट । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर ९जीबी० राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन ।यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ ।रास्वापा सभापति रवि लामिछानेसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र पर्सि आइतवार मात्र दर्ता हुने कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।जिल्ला सरकारी वकिलको कार्यालयले आज पूरक अभियोजन दर्ता भएका प्रतिवादीहरूलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ । रवि लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रहरीले गएको सोमवार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।सहकारी ठगीको आरोपमा प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर कास्की लगेको थियो ।

error: Content is protected !!