एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने

 

कालिकोट । मलेसियामा हिजोदेखि सुरु भएको एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ।खेल नेपाली समय अनुसार विहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो।समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ। नेपाली महिला टोली पहिलो पटक एसिया कप खेल्न लागेको हो। आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ भने पाकिस्तान भने भारतसँगको हारको बदला लिन चाहन्छ।एसियाकप खेल्न नेपाली टोली गत शुक्रबार मलेसिया प्रस्थान गरेको थियो। महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ।एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह एमा बंगलादेश, मलेसिया र श्रीलंका छन्।

error: Content is protected !!