पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउँने राष्ट्रपति पौडेलको विश्वास

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना दिँदै उनले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।‘यो पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतत गर्छ’, उनको सन्देशमा भनिएको छ।

error: Content is protected !!