कालिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन्।उनले अनलाइन मीडियाको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्।शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारणसभामा बोल्दै उनले प्रिन्ट मिडिया र ब्रोड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरे पनि अनलाइन मिडियाले अराजकता मचाइरहेको बताए।उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउन अनलाइन मिडिया लागेकाले यसको नियमन पहिलो आवश्यकता भएको बताए।