झापामा गोल्डकप फुटबल आजदेखि

कालिकोट । मोफसलको चर्चित फुटलब प्रतियोगिता झापा गोल्डकप आजदेखि शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुहुनेछ ।झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुनेछ । आज दिउँसो २ बजे बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा प्रतियोगिता उद्घाटन हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।प्रतियोगितामा आठ वटा क्लब सहभागी छन् । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

error: Content is protected !!