कालिकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गर्न पत्र पठाएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी तलबभन्दा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न अधिकारीहरूलाई भनेका थिए ।सोहीअनुसार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो।मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोकेभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ। यसैगरी तोकिएको भन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि भनिएको छ।