पलाँता गाउँपालिकाले अवदेखी रानीबीसौनाबाट सेवा दिने ।

कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाले स्थाइ केन्द्र रानी बीसौनाबाट सेवा सुचारु गरेको छ । आज देखी गाउँपालिकाबाट दिइने सम्पुर्ण प्रशासनिक काम र सेवा स्थाइ केन्द्र रानीबीसौना बाट संञ्चालन गरिएको पालाँता गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया (इन्द्र) ले बताउनु भयो । पालिकाले लामो समय देखि थिर्पुमा भाडाको घरबाट सेवा दिदै आइरहेकोमा स्थाइ केन्द्र रानि बीसौनामा आफ्नै पक्की प्रशासनिक भवन निमार्ण गरे सगै सम्पुर्ण सेवाहरु आफ्नै भवनबाट भएको हो । यसअघि भाडा बापद पालिकाले बार्षिक १२ लाख रुपौयाँ भुक्तानि गदै आएको थियो ।

error: Content is protected !!