कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मा रहेको केन्द्रिय कार्यालयको सभाहलमा “सहकारीमा सुशासन,प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ हिमचुली कृषि सरकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६५ साल भाद्र २५ गते स्थापना भएको संस्था गएको भाद्र २५ गते आफ्ना सफलताका १५ वर्ष पुरा गर्दै १६ बर्षमा प्रवेश गरेको छ । संस्थाको पहिलो सेवा कार्यालय रुपमा २०६७ साल जेष्ठ २ गते साविकको वडा नं ७ ताडीमा पहिलो मालिका हिमचुली महिला केन्द्र गठन गरी औपचारीक रुपमा महिला समुह कार्यक्रम सुरुवात भएको थियो । बुधवार सहकारी संस्थाका कोषाअध्यक्ष, कृष्णकला पाण्डेको सभाअध्यक्षता, कर्णाली प्रदेशका पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि तथा प्रदेश सभा सदस्य माननिय दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यता, जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुखहरु, जनप्रतिनिधि, सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु संचालक समितिका सम्पुर्ण पदाधिकारी साथै कर्मचारीहरु, ११ वटै सेवा कार्यालय शाखा ब्यवस्थापकहरु सम्पुर्ण सेयर सदस्यहरु लगाएतको उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको होे । साधारण सभामा संस्थाका कोषाअध्यक्ष, कृष्णकला पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लेखा ब्यवस्थापक सेर बहादुर बिश्वकर्मा ले गर्नुभएको थियो । विशेष गरी महिलाहरुमा केन्द्रित भएर महिला उद्यम समुह मार्फत बचत तथा ऋणको कारोवारका साथ अन्य कार्यक्रम अघि बढाउदै पिछडिएको वर्ग, महिला वर्गहरुलाई ससक्तीकरण गरेर अगाडी वढाउले उदश्येले पन्ध्र वर्ष अगाडी स्थापना गरीएको संस्थाले अहिले जिल्ला भर ११ वटा स्थानमा सेवा कार्यालय स्थापना गरेर सदस्य केन्द्रित सेवा सुविधा अगाडी बढाउदै आई रहेको छ । २५ जना सेयर सदस्य र रु.२५ हजार नगद बाट सुरु गरीएको संस्थामा अहिले १५०३० जना सदस्य छन् जसमा १०९८६ जना महिला र ४०४४ जना पुरुष रहेका छन भने सहकारीको कुल सेयर पुजी ७८९८५७०० रहेको जनाईएको छ । सहकारीले अहिले बचत र ऋणलाई मात्र प्राथमिकता नदिई सामाजिक रुपान्तरणका कामहरु, स्थानिय स्तरमा उत्पादित भएका बस्तुहरुलाई बजारीकरण गरेर किसानहरुलाई प्रोत्साहान गर्ने, किसानहरुलाई उत्पादनका काममा अग्रसर गराउने लगाएत थुप्रै सेवा मुलक कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ । साधारण सभामा शुभकामना दिदै पुर्व मन्त्रि रावतले सहकारी संस्था हाम्रो समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक विकासको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनु भएको र यसले समुदायलाई एकताबद्ध गर्दै सहकार्यको माध्यमबाट साना ठूला लक्ष्यहरू हासिल गर्न सघाउँदै आएको छ बताउनु भएको छ । उहाँले आजको साधारण सभाले सहकारीको विगतको प्रगति, आगामी योजना र सदस्यहरूको हितका लागि उठाउनु पर्ने कदमबारे गहन छलफल गर्नेछ । यस संस्थाले अहिलेसम्म पु¥याएको योगदान र हासिल गरेको उपलब्धिका लागि म तपाईँहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु । सहकारीले साना बचतलाई ठूलो लगानीमा परिणत गर्दै समुदायको आर्थिक अवस्था सुधार गर्न सहयोग पु¥याउँछ । त्यसैले हरेक सदस्यले सहकारीप्रतिको उत्तरदायित्वलाई पूर्ण रूपमा पालना गर्दै सहकारी अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता भएको औल्यानु भएको छ । अन्य सम्पुर्ण अतिथि बक्ताहरुले संस्थाले आजसम्म प्राप्त गरेका उपलब्धि हरुको रक्षा गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुका साथै साधारण सभा भव्यरुपमा सफलताको शुभकामना दिनु भएको थियो । संस्थाको आजनै रास्कोट नगरपालिका,महावै गाउँपालिका, खाँडाचक्र नगरपालिकाको पिलि र मान्म र सान्नित्रिबेणी गाउँपालिका गरी ५ वटा सेवा कार्यालयको साधारण सभा सम्पन्न भएको केन्द्रीय कार्यालय व्यवसाय ब्यवस्थापक सन्तोस भन्डारीले जानकारी दिनु भएको छ ।