कालिकोटको रास्कोट नगरपालिका साक्षर घोषणा ।

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका साक्षर घोषणा गरिएको छ । औपचारिक कार्यक्रम सहित नगरलाई जिल्लामा छैटौं स्थानीय तहको तथा पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको छ । जिल्लाका नौ स्थानीय तह मध्ये रास्कोट साक्षर घोषणा हुनेमा छैटौं भएको छ । नगरपालिकामा रहेको १९ हजार ४ सय २५ कुल जनसंख्यामध्ये ९५ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको नगर प्रमुख धर्मराज शाही९पोषण०ले बताएका छन् । नगरप्रमुख शाहीले साक्षरता भनेको कुनै पनि समाजको प्रगतिको आधार भएको र साक्षरताले नागरिकहरूलाई आत्मनिर्भर बनाउँनुको साथै आर्थिक, सामाजिक, र सांस्कृतिक विकासको मार्गप्रशस्त गर्ने कुरामा जोड दिएका छन् । नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचक मध्ये ७ वटा नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो। सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने छ । यस संगै जिल्लाका खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र शान्नित्रिबेणी गाउँपालिका साक्षर घोषणा हुन बाकी रहेका छन् ।

error: Content is protected !!