रामेछाप सुमो दुर्घटनामा वडाध्यक्ष सहित ५ जनाको मृत्यु

कालिकोट । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । आज काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको बताइएको छ । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

error: Content is protected !!