कालिकोट ।“समृद्ध कालिकोटको प्रमुख आधार,कृषि,पर्यटन,संस्कृति,उद्योग र पुर्वाधार” भन्ने मुल नाराका साथ मंगलबारबाट कालिकोट महोत्सव–२०८१ सुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले महोत्सवको उद्घाटन गर्नुभएको छ । उद्योग वाणिज्य संघ कालीकोटको आयोजनामा महोत्सव संचालन गरीएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीको अध्यक्षतामा सुुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रमा कालिकोटका विभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ अध्यक्ष रतन बहादुर शाहीले कालीकोटको कला सस्कृतीको संरक्षण एवंम प्रवद्धन गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्न सहज होस भन्ने उद्देश्यले महोत्सव आयोजना गरीएको बताउनु भएको छ । जिल्लाका कृषकहरुले आ आफ्नो उत्पादित वस्तु राख्ने आयोजकले जनाएको छ ।