विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्या साथी वा नातेदारबाट भएको तथ्याङ्क संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक

कालिकोट । सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्या साथी वा नातेदारबाट भएको तथ्याङ्क संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ।लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय ९यूएनओडीसी० र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ । महिलाहरूको तुलनामा पुरुषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए पनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरुषहरू अपरिचित व्यक्तिको हातबाट मरेका थिए। अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो।

error: Content is protected !!