कालिकोट । जिल्लाको तिलागुफा नगरपालीकाका पूर्व नगर सभापति एवं नेपाली काङ्ग्रेस पूर्व जिल्ला कार्यसमिति सदस्य नर वहादुर हमाल (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमवार कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननिय महेन्द्र बहादुर शाहीले एक कार्यक्रमका विच हमाललाई पार्टी प्रवेश गराएका हुन । उनलाई प्रथम मुख्यमन्त्रि शाही लगाएत पार्टीका एक दर्जन नेताहरुले स्वागत गरेका पार्टी जिल्ला संयोजक डम्बर बहादुर शाही(दिलिप)ले जानकारी दिएका छन् । पार्टी प्रवेश पछि हमालले आफु माओवादी पार्टीमा प्रवेश गर्न पाउँदा अत्यन्तै गर्व र खुशी महसुस गरेका बताएका छन् । अन्तमा उनले पार्टीको आदर्शलाई देश र जनताको सेवा गर्ने मार्गदर्शक सिद्धान्त बनाउने कुरामा र पार्टीको संगठनलाई अझै बलियो बनाउने कुरामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।