कालिकोट । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा लखनउले किनेको छ ।यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने। आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो रकम खर्चेको हो।यसै गरी पन्जाब किङ्ग्सले पनि श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ रकम खर्च गर्यो। श्रेयसको बेस प्राइस दुई करोड मात्र थियो।पछिल्लो आइपिएलमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमान रकममा बिक्री भएका थिए।