कालिकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा स्कुल बसले ठक्कर दिएको बालकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ घर भएका ८ वर्षीय अनमोल कुँवरको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । सोमबार उनलाई बसले ठक्कर दिएको थियो ।भारतको लखनउस्थित ईभिए अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अनमोललाई ठक्कर दिने डायमण्ड बोर्डिङ स्कुलको ना।३ ख ८१४६ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।